News

Feb 24, 2010

संघिय लिम्बुवान भु.पु. सैनिक हङ्गकङ्ग र सिंगापुर परिषदको कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्गकङ्ग/श्याम इङ्नाम
अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला - अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङ्गकङ्ग प्रवास कार्य समीतिको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भु.पु. सैनिक तथा सिंगापुर प्रहरी परिषद गठन भएको छ । २१ फेब्रुअरी २०१० आइतवारका दिन जोर्डन, काउलून स्थित हङ्गकङ्ग नेपाली महासंघको कार्यालयमा अधिवेशन गरी गठन गरिएको हो । सो कार्यक्रममा प्रमूख अतिथि संलिरा परिषदका अध्यक्ष श्री नवराज काम्वाङ्ग लिम्बु, अतिथि नवप्रवेशी भु.पु. गोर्खा मेजर श्री शरण कुमार पालुङ्वा, कार्यक्रम सञ्चालन संलिराप हङकङ प्रवास समितिका जनसंगठन सचिव श्री गज वहादुर काम्वाङ्गवाट भएको थियो भने गोर्खा भु.पु.सैनिक तथा सिंगापुर प्रहरी परिषदका संयोजक तथा प्रमुख श्री मन प्रसाद आङ्देम्वेको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रमवाट भु.पु.गोर्खा डब्लूओटु मन प्रसाद लिम्बुआङ्देम्वेलाई निर्विरोध अध्यक्षमा चुनिएको छ, त्यस्तै उपाध्यक्षमा मन वहादुर चोङवाङ, सचिवमा देउ वहादुर लिम्बु, अर्थ सचिवमा तर्न वहादुर लिङ्देन, सल्लाहकारहरु भु.पु.गोर्खा मेजर शरण कुमार पालुङ्वा, गोर्खा भु.पु.सैनिक लगत साम्सोहाङ, चिनाहाङ पन्धाक र सदस्यहरु कृष्ण प्रसाद मादेन, के.वि. मादेम्बा, श्री प्रसाद योङहाङ, एल.वि.काम्वाङ, गौरी प्रसाद राई, ज्ञान वहादुर खेवा लिम्बु र बि.बि. हुक्पाचोङवाङ हरुलाई चुनिएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई परिषदका अध्यक्ष नवराज काम्वाङ्गद्धारा संलिरापको विधान २०६२ अनुसार पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम पनि सम्पन्न गरीएको छ । त्यसै दिन अन्य पार्टी छाडी संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नु हुने याम वहादुर सैम्वु, डम्वर वनेमलाई परिषदको साधारण सदस्यता प्रदान गरिएको छ ।

No comments: