News

Feb 15, 2010

प्रहरीले १५ जोडीलाई नियन्त्रणमा लिइ कारबाही थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, फागुन ३- बुटवलका होटलमा छापा मारेर प्रहरीले १५ जोडीलाई नियन्त्रणमा लिइ कारबाही थालेको छ। यहाँका होटल यौन व्यवसायका अखडा बनेको गुनासो बढेपछि प्रहरीले व्यापक निगरानी बढाएर व्यावसायिक यौन क्रियाकलाप नियन्त्रण गर्ने क्रममा यसरी समातेको हो। बुटवल प्रहरीका अनुसार एक महिनाको अवधिमा एक दर्जन होटलमा पटक-पटक छापा मारेर ती जोडीलाई नियन्त्रण लिइएको हो। पक्राउ परेकामध्ये आठ जनालाई सार्वजनिक सुरक्षा ऐनअर्न्तगत मुद्दा चलाएको र अन्यलाई अबदेखि व्यावसायिक यौन क्रियाकलापमा नलाग्ने सर्तमा अभिभावकको जिम्मा लगाएर छाडिएको बुटवलका डिएसपी दानबहादुर कार्कीले नागरिकलाई बताए। मुद्दा चलाइएकामा दुई होटल सञ्चालकसमेत छन्।पक्राउ परेकामध्ये धेरैजसो १२ देखि १६ वर्ष उमेरका भएकाले उनीहरुलाई अभिभावकको जिम्मा लगाएर छाडेको प्रहरीको भनाई छ। शङ्कास्पद अवस्थामा पक्राउ परेका किशोरीले परिवारलाई अन्य काम गर्ने बताएर यौन धन्दामा लागेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ। ती किशोरीले सही घर ठेगाना नबताउने र महिलासम्बन्धी काम गर्ने संस्थाको जिम्मामा जान पनि नमान्ने गरेको प्रहरी भनाइ छ। ‘उनीहरुले केही दिनको हिरासत बसाईपछि मात्रै सही घर ठेगाना बताउने गरेका छन्, त्यसपछि सम्बन्धित जिल्लाको प्रहरीमार्फत् अभिभावक बोलाएर जिम्मा लगाएर छाडिएको छ– डिएसपी कार्कीले भने।पक्राउ परेका किशोरी दाङ, रुकुम, गुल्मी, चितवन र मकवानपुरका हुन्।यसैगरी दुई दर्जन युवायुवती, चार होटल सञ्चालक र ६ जना वेटर्सलाई प्रहरी कार्यालय बोलाएर सोधपुछ गरेको प्रहरीको भनाई छ। होटललाई मर्यादित व्यवसायका रुपमा विकास गर्नुको साटो यौन अखडाको रुपमा पाइएपछि यौन व्यवसाय नियन्त्रण गर्न विशेष अभियान चलाइएको डिएसपी कार्कीले बताए।

No comments: