News

Feb 28, 2010

पूर्वअधिराजकुमारीको बिहे विज्ञापनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वअधिराजकुमार धीरेन्द्र र प्रेक्षाकी छोरी सिताष्माले बिहे गरेको केही समयमै श्रीमान् अभिनेशको निधन भयो, सोसिएल नेटवर्कको साइट एक्सप्याट म्याच डट कममा आएको सन्देशअनुसार सिताष्माले अर्को बिहे गर्न चाहेकी छिन्, जसमा सिताष्माको परिचय र उनले चाहेको वरको योग्यता पनि विस्तृत रुपमा खुलाइएको छ । पूर्वअधिराजकुमारी सिताष्मा शाहले अहिले दरबारमार्गको अन्नपूर्ण होटरपरिसरमा बुटिक सुरु गरेकी छिन् । सात वर्षअघि बिहे गरेर डेढ वर्षअघि श्रीमान् अभिनेश गुमाएकी सिताष्माका तीन वर्षका छोरा पनि छन् । भविष्यका लागि जोडी खोज्दै उनै सिताष्माको परिचयबाट इन्टरनेटको म्याचिङ साइटमा सन्देश जारी भएको छ । साइटमा सिताष्माको तस्बिर छ तर प्रोफाइल लगइन आइरोनीबाट गरिएको छ । सन्देशमा सिताष्माका तस्बिर मात्र छैनन्, उनको उचाइ, मोटाइ, शैक्षिक योग्यतादेखि जोडीको अपेक्षित योग्यता पनि खुलाइएको छ । वेबसाइटमा सिताष्माको यस्तो विज्ञापन देखेपछि उनलाई सम्पर्क गरेको थियो । तर, उनले यस्तो सन्देश जारी गरेको अस्वीकार गरिन् । म आफैंलाई यस्तो फुर्सद र आवश्यकता छैन, तर फोटो र विवरण हेर्दा म नजिककै कसैले यो काम गरेको हुनुपर्छ,’ उनले भनिन् । तर, उनलाई सम्पर्क गरेलगत्तै उनको प्रोफाइलबाट तस्बिर भने हटाइएका छन् । तस्बिर हटाइए पनि विवरण भने अझै बाँकी छन् ।

No comments: