News

Feb 15, 2010

लाओती परिवार हङकङको बार्षीकभेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/तान्छोहाङ लाओती
१४ फेबरवरि २०१० का दिन गोल्डकोष्टको काफेवान बिबिक्यू स्पोटमा लाओती परिवार हङकङले सदाको बर्षझै यसबर्षपनि आफ्नो बार्षीक भेला तथा भेटघाट कार्यक्रम सम्पन गरेको छ । प्रतेक चाईनिज नयाँ बर्षको समयमा लाओती दाजुभाइ तथा चेलीबेटीहरुसंग भेटघाट चिनजान गर्ने उदेश्यले बिबिक्यू खाने गरिएको छ । यस बर्षखराव मौंसम भए पनि उल्लेख्यरुपमा लाओतीहरुको उपस्थित थियो । चेलीबेटी र भानाभान्जाहरु पनि कोशेली सहित उपस्थित हुदा भेलाको औचित्य झनै गहन भएर गएको सबैजनाले महशुस गरेको थियो । लाओती परिवार हङकङको स्थापना भएको पनि १० बर्षपुगेको हुदा १० औं बार्षीक उत्शव भव्यताका साथ मनाउने कुरा उपस्थित सबैलाई जानकारी गराइएको थियो । कार्यक्रम राती १० बजे सम्म चलेको थियो ।

No comments: