News

Feb 22, 2010

राप्रपा नेपालको बन्दले राजधानी ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ फेब्रुअरी, २०१०,संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनतम संग्रह गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले आज उपत्यका बन्द गराएको छ । बन्दका त्रममा आह्वानकर्ताले विहान उपत्यकाको विभिन्न स्थानमा हिन्दू धर्म र राजसंस्थाको पक्षमा नारावाजी गरेका छन् । प्रहरीले नयाँ बानेश्वर, गोंगवु, नयाँ बजार, सोरखुट्टे, कलंकी लगायतका स्थानमा एक सय बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
जनआन्दोलन- २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भूमिका निर्वाह गरेका कमल थापाको दल राप्रपा नेपालले सोमबार उपत्यका बन्दको आह्वान गरेको छ।१४ जेठमै संविधान जारी गर्न तथा महँगीविरुद्ध पनि आन्दोलन गरेको उसले जनाएको छ। बन्द सफल पार्न आइतवार साँझ राप्रपा नेपालका कार्यकर्ताले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेका थिए। उपत्यका बन्दका लागि राप्रपा नेपालले बिभिन्न जिल्लाबाट शनिबार र आइतबार कार्यकर्ता राजधानी भित्र्याएको छ। संघीयताको विरोधमा राप्रपा नेपाल र बामपन्थी दल राष्ट्रिय जनमोर्चा आन्दोलन गर्दै आएका छन्।

No comments: