News

Feb 26, 2010

गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा ४३ जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बनेपा, फागुन १३,प्रहरीले विभिन्न बनेपाका गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा भेटिएका २६ र जुवातास खेलिरहेका ४३ जनालाई पक्राउ गरेको बताएको छ। इलाका प्रहरी कार्यालयको विशेष टोलीले आपत्तिजनक अवस्थामा रहेका पाँच जोडीलाई बनेपाको चण्डिका, चण्डेश्वरी, भ्याली र वेलकम गेष्टहाउसबाट पक्राउ गरेको छ। यसैगरी बुधबार साँझ शिव गेष्ट हाउस धनेश्वरबाट ७ युवती र फूलबारी रेष्टुरेण्ट आईस किलोबाट ३ युवा र ६ युवतीलाई पक्राउ गरको छ। पक्राउ पर्नेहरुमा १८ देखि २६ वर्ष उमेर समूहका रहेका छन्।विगतदेखि नै बनेपाका केही गेष्ट हाउसहरुमा खुल्लेआम यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयबासीले गुनासो गर्दै आए पनि प्रहरीले कारबाही गर्ने हिम्मत गरेको थिएन।'एकहप्ता लामो रेकी (निगरानी) पछि कारवाही गर्न सकिएको हो' प्रहरी निरीक्षक रुपेश खड्काले जानकारी दिए।केही दिन पहिलेमात्र सरुवा भई बनेपा आएका उनले उपत्यकानजिकैको शहर बनेपामा सामाजिक अपराध बढ्दो क्रममा रहेको गुनासो आएकाले कारवाही तीव्र बनाएको समेत बताए।प्रहरीले बुधबारसम्ममा बनेपाका चार छुट्टाछुट्टै स्थानबाट जुवा-तास खेलिरहेका समुहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु बनेपा नपा-४ नयाँबस्तीबाट ८ जना, बनेपा-१० तरकारीबाजारबाट १४ जना, महेन्द्रज्योतीबाट ९ जना, बनेपा-१० गोदामचोकबाट १२ जना छन्। प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेकै अवस्थामा नगदसहित पक्राउ गरेको छ।अब आइन्दा यस्ता क्रियाकलाप नदोहोर्‍याउने शर्तमा पक्राउ परेकाहरुलाई छाड्ने प्रहरी निरीक्षक खड्काले बताए।

No comments: