News

Feb 15, 2010

नेपाली (एनआरएन)लाई परिचयपत्र वितरण सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ३ - सरकारले गैरआवसीय नेपाली (एनआरएन)लाई परिचयपत्र वितरण सुरु गरेको छ । दोहोरो नागरिकताको माग गरिरहेका गैरआवसीय नेपालीलाई सोमबारदेखि सरकारले परिचय पत्र वितरण सुरु गरेको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवसीय नेपाली संघका अध्यक्ष देवमान हिराचनलाई परिचय पत्र प्रदान गरेर सोमबार औपचारिक रुपमा रुपमा सुरु गरेकी हुन् । परिचय पत्र प्रदान गर्ने कार्यक्रममा कोइरालाले एनआरएनले मुलुकको आर्थिक विकासमा योगदन दिने उल्लेख गरिन् । साथै सरकारले उनीहरुको लगानीलाई सहजीकरण गर्न आवश्यक सबै उपायहरु अवलम्बन गर्नेसमेत प्रतिबद्धता जनाइन् । एनआरएन अध्यक्ष हिराचनले परिचय पत्र उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । एनआरएनको विधान अनुसार दक्षिण एशियाभन्दा बाहिरी मुलुकमा दुई वर्षभन्दा बढि समय विताउने नेपालीले सदस्यता पाउने ब्यवस्था छ । नेपाली मूलका बिदेशी राहदानी बाहकलाई दश बर्ष र नेपाली राहदानी बाहकलाई दुई वर्ष परिचयपत्रको म्याद हुने छ । विदेशी राहदानी बाहकले ५ सय र नेपाली राहदानी बाहकले २ सय ५० अमेरिकी डलरसहित आवश्यक कागजपत्रहरु बुझाएपछि उनीहरुले परिचय पत्र प्राप्त गर्नेछन् । परिचयपत्र विदेशस्थित नेपाली नियोगहरुबाट प्राप्त गर्न सकिनेछ । गैरआवसीय नेपालीसम्बन्धी नियमावली अनुसार उनीहरुले नेपालमा लगानी गर्न चाहेका सुरुमा आफुले गर्न चाहेको लगानी सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा बुझाउनु पर्नेछ । त्यसपछि उद्योग विभागमा पठाइने छ । त्यसपछि उनीहरुले नेपालभित्र लगानी गर्न चाहेको प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुले काठमाडौं उपत्यका भित्र दुई रोपनी र तराईमा आठ कट्ठासम्म जग्गाजमिन किन्न पाउनेछन् ।

No comments: