News

Feb 28, 2010

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

मितिः २०६६।११।१६
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङखुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला-झापा, मोरङ्, सुनसरी, पान्थर, इलाम, ताप्लिजोङ्, तेह्रथुम्, धनकुटा र सङखुवासभा)लाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको जानकारी गराउँदछौं । २०६६ फागुन १६, १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा, मोरङ्, सुनसरी, धनकुटा र सङखुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशेष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ । लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत प्रतिनिधित्व रहेको यस विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि मञ्चका अध्यक्ष तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट गरिएको छ । धन्यवाद !
...............
सूर्य माखिम
महासचिव
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

No comments: