News

Feb 15, 2010

खर्च नभएपछि तिन जनाले सामुहिक आत्माहत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ फेब्रुअरी, २०१०,रुकुम भलाक्चा १ का एकै घरका तीन जनाले रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । भलाक्चा १ का ७० बषिर्य दलबहादुर ओली उनकी श्रीमती कलि ओली र २७ बषिर्य छोरी तुलसा ओलीले गएराति सामुहिक आत्महत्या गरेका हुन । छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनिहरुले आत्महत्या गरेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार छोरी लामो समय देखि छारे रोग बाट ग्रसित भएको र उपचारमा पनि धेरै खर्च लागी सकेकोले अब थप उपचार गर्ने आर्थिक अवस्था कमजोर भएपछि उनिहरुले यस्तो गरेको स्थानिय बासिहरुलाइ उद्धित गदै जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । साथै प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताएको छ । मृतक हरुलाइ पोष्टमार्टमको लागी जिल्ला अस्पताल रुकुम मा ल्याइएको छ ।

No comments: