News

Feb 26, 2010

सुनकोशीको ठाउँमा वल्लो किराँत माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वल्लो किराँत संघीय राज्य परिषद्ले राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफा’ड समितिद्वारा घोषित १४ प्रदेशभित्र सुनकोशी प्रदेश खारेज गर्न माग गरेको छ। यही २०६६ माघ १७ गते गठित राज्य परिषद्को निर्णयभन्दै शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएअुनसार सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली जिल्ला पूरै, उदयपुरको १८, काभ्रेको ५३, सिन्धुपाल्चोकको २२ गा.वि.स. र महोत्तरी, सिराह, धनुषाको चुरे पर्वत उत्तरी भूभागलाई पुनः संरचनामा वल्लो किराँत स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने बताइएको छ।आई.एल.ओ. महासन्धि-१६९ लगायतका मानवअधिकार दस्तावेज प्रदेशहरूमा सुनिश्चित गर्नुपर्ने भन्दै केन्द्रीय तदर्थ समितिका संयोजक मनप्रसाद सुनुवार, सह-संयोजक युवराज जिरेल, इन्द्र हायु, कविराज थामी, कुमार जेरो, दन्तुराम बाहिङ, शुक्र सुरेल र लोकेन्द्र जेरोलगायतले संयुक्त पत्रकार सम्मेलन गरी संर्घषको घोषणा गरेका हुन्।

No comments: