News

Feb 27, 2010

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ फेब्रुअरी,२०१०,आईसीसी लिग डिभिजन-५ क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ५ विकेटलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा नेपालका महबुब आलमले अन्तिम चौका प्रहार गर्दै नेपाललाई बिजयी बनाएका हुन् । उनीसँगै ज्ञानेन्द्र मल्ल क्रिजमा रहेका थिए । ७ विकेट लिएका राहुल विश्वकर्मा म्याद अफ दी म्याच घोषित भए । राहुलले ८.२ ओभरमा दुई मेडनसहित १५ रन खर्चेर ७ विकेट लिएका थिए ।अमेरिका ४८ ओभरमा १ सय ७२ रन बनाएर आउट भएको थियो । यस प्रतियोगितामा नेपालका जितपछि नेपाललाई विश्वकप क्रिकेट छनोटमा भाग लिन पाउने बाटो खुला भएको छ । नेपालको जितपछि खेलाडी तथा हजारौंको संख्यामा रहेका दर्शकहरुले कीर्तिपुर क्षेत्रमा बिजयोत्सव मनाएका छन् ।

No comments: