News

Feb 17, 2010

करिब ५ सय निजामती कर्मचारीको सरुवा बदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ५,सरकारले माघ महिनामा गरिएको करिब ५ सय निजामती कर्मचारीको सरुवा बदर गरेको छ। सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी माघको २०, २६ र २९ गते तीन चरणमा भएको ४ सय ८८ जनाको सरुवा बदर गरेको हो। सामान्य प्रशासन मन्त्रालयले निजामती ऐनअनुसार कुनै एक ठाउँमा २ वर्ष काम गरेका कर्मचारीलाई माघ महिनामा सरुवा गर्न पाउँछ। सामान्यले माघ २० मा राजपत्र अनकित १ सय ३, शाखा अधिकृत १८, माघ २६ मा कार्यालय सहयोगी र सवारी चालक गरी ८६, नासु ८६, शाखा अधिकृत २० र विशेष बढुवावाला शाखा अधिकृत २५ तथा माघ २९ मा खरिदार ८६ र विभिन्न पदका ५७ जना कर्मचारी सरुवा गरेको थियो।सामान्यले कानुनबमोजिम भएको सरुवालाई बिना कारण बदर गरेको हो। सामान्य प्रशासन मन्त्रालयले मानव संशाधन मन्त्रालयमा रूपान्तरण हुने क्रममा रहेकाले सरुवा बदर गरिएको दाबी गरेको छ।सामान्य प्रशासन सचिव बालानन्द पौडेलले रूपान्तरणको क्रममा रहेको मानव संशाधन मन्त्रालयलाई सरुवा निजामती कर्मचारीको वृत्ति विकास, कल्याणकारी काम, सरकारलाई आवश्यक जनशक्ति छनोटमा केन्द्रित गर्न सरुवा बदर गरिएको बताए।उनले कुन मन्त्रालय कस्ता कर्मचारी चाहिन्छन् भन्ने निर्णय उसैलाई गर्न दिने, सरुवाको जिम्मा लिने र दिने मन्त्रालयलाई नै दिन भएका सरुवा बदर गरिएको जानकारी दिए।

No comments: