News

Feb 8, 2010

सागमा नेपालले आठ स्वर्ण पदक हात पार्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ फेब्रुअरी,२०१०, दक्षिण एसियाली खेलकुद सागमा नेपालले आठौं स्वर्ण पदक प्राप्त गरेको छ । नेपालका राजेन्द्र भण्डारीले आज मंगलबार म्याराथनमा स्वर्ण पदक जितेका छन् । यस अगाडि सोमबार एकैदिनमा नेपालले पाँच स्वर्ण जितेको थियो । सोमबार नेपालका लागि तेक्वान्दो स्टार नेपालका दीपक बिष्टले दक्षिण एसियाली खेलकूदमा लगातार चार वटा स्वर्ण जितेर दुर्लभ कीर्तिमान कायम गरेका थिए । यस्तै कराँतेमा गंगा अधिकारी र विनोद शाक्यले स्वर्ण जितेका थिए । तेक्वान्दोमा आयशा शाक्यले पनि सोमबार नै स्वर्ण पदक जितिन । सोमबार नै उसुका आङबाबु लामाले पनि स्वर्ण पदक जितेका थिए । यस अगाडि आइतबार उसुकी विनिता महर्जन र कराँतेका सुनिल लामाले स्वर्ण पदक जितेका थिए ।

No comments: