News

Feb 15, 2010

सभासदहरु नेपाली सेनाको जंगी अड्डामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ४,व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिका सबै सदस्यहरु आज बिहान नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका छन्। त्यहाँ उनीहरुलाई नेपाली सेनाले आफूले गर्ने काम कारबाही र वर्तमान सुरक्षा स्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। संसदीय समितिका सदस्यहरु जंगी अड्डा पुगेर त्यहाँको स्थिति बुझेको यो पहिलो घटना हो। सभासदहरुले चाहेका सेनाले आफ्ना विभिन्न ब्यारेक पनि घुमाउने कार्यक्रम रहेको नागरिकन्युजकर्मी भोजराज भाटले जनाएका छन्। अन्तरिम संविधानमा राजनीतिक सहमति एवं संसदको सम्बन्धित समिति (राज्यव्यवस्था समिति)को सुझाव लिई नेपाली सेनाको लोकतन्त्रिकरणको विस्तृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने, कार्ययोजना बनाउँदा नेपाली सेनाको उपयुक्त सङ्ख्या, लोकतान्त्रिक संरचना, राष्ट्रिय र समावेशी चरित्र निर्माण गरी लोकतन्त्र र मानवअधिकारको मूल्यद्वारा सेनालाई प्रशिक्षित गर्ने काम गरिने उल्लेख छ।

No comments: