News

Feb 24, 2010

रातारात ओलीको घरमा बिद्युत प्राधिकरणको गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ फेब्रुअरी,२०१०,कर्मचारीहरुले खोसेको एमाले नेता केपी शर्मा ओलीले चढ्ने गरेको नेपाल विद्युत प्राधिकरणको गाडी कार्यालय परिसर, रत्नपार्कबाटै मंगलबार राती गायब भएपछि कर्मचारीहरु आज बुधबार कार्यालय परिसरमा धर्ना बस्नुका साथै मूलगेटमै तालाबन्दी गरेका छन् । ओलीले चढ्दै आएको बा५च ४७१८ नम्बरको गाडी प्राधिकरणका केही कर्मचारीहरुले केही दिन अगाडि आफ्नो नियन्त्रणमा लिएका थिए । उनीहरुले प्राधिकरणको गाडी दुरुपयोग बन्द गर्न नेताहरुले चढ्ने गरेको गाडी फिर्ता लिने अभियान जारी रहेको जनाएका छन् । गायब भएको सवारी साधनको बिषयमा व्यवस्थापनले वार्ता गर्न नचाहेपछि कर्मचारीहरु धर्नामा उत्रिएको नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनले जनाएको छ । कर्मचारीहरुले प्रशासनले रातारात ओलीलाई गाडी बुझाएको भन्दै तत्काल गाडी फिर्ता नल्याइए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् । स्रोतका अनुसार व्यस्थापनले हिजो राती मन्त्रालयको दबाबमा ओलीलाई गाडी बुझाएको थियो । प्राधिकरण कार्यकारी निर्देशक जिवेन्द्र झाले भने प्रहरीले आफूहरुलाई भर्पाइ गरी गाडी लगेको स्पष्टीकरण कर्मचारीहरुलाई दिएका छन् । हिजो मात्रै प्राधिकरणको व्यवस्थापनले पत्रकार सम्मेलनको आयोजना गरी गाडीको दुरुपयोग हुन नदिने र दबाबको भरमा कसैलाई पनि गाडी उपलब्ध नगराउने सार्वजनिक गरेको थियो ।

No comments: