News

Feb 17, 2010

जनसङ्ख्या राज्यमन्त्री बस्यालकै ९ सन्तान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ५- स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री खड्गबहादुर बस्यालले छोराको आशमा आफू नौ सन्तान जन्माउन बाध्य भएको बताएका छन्। धेरै सन्तान भएर राम्रोसँग जीवनयापन गर्नसमेत समस्या परेको तथा राज्य मन्त्री भएपछि भने जीविका चलाउन सजिलो भएको पनि उनले बताए।
आधारभूत प्राकृतिक स्रोत संरक्षण तथा शान्ति समाजले बुधबार आयोजना गरेको स्वास्थ्यसम्बन्धी गोष्ठीमा उनले छोराको आशमा आठ छोरी जन्मिएपछि अन्तिममा छोरा जन्माएको र त्यसपछि सन्तान जन्माउन बन्द गरेको बताए।उनले अगाडि भने- छोरीहरूलाई दाइजो दिनुपरेको भए त म जोगी हुन्थें।तर पनि कार्यक्रममा उनले थोरै सन्तान जन्माउन तथा दुई वर्षको अन्तरमा अर्को सन्त्तान जन्माउन सबैलाई आग्रह गर्दै यस्ता चेनतामूलक कार्यक्रम नेपालका दूरदराज गाउँमा पुर्‍याउनुपर्ने आवश्यकता औल्याए।

No comments: