News

Feb 20, 2010

एमालेमा प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको सरकारले समयमा संविधान निर्माण गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र बृहत् राष्ट्रिय एकता कायम गर्न असफल भएकाले तुरुन्त राजीनामा दिएर सहमतिको बाटो खोलिदिन एमाले केन्द्रीय नेताहरूले माग गरेका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेताहरूले नेपालको नेतृत्वमा अझै पनि सरकार कायम राख्नुलाई समय बर्बाद गर्नु मात्र भएको टिप्पणी गरेका छन्।‘यो सरकार एउटा विशिष्ट अवस्थामा बनेको थियो र यसलाई प्रभावकारी बनाउन आवश्यक छ’ -सरकार-माओवादी वार्ता हुँदा सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका एमाले नेता प्रदीप ज्ञवालीले भन्नुभयो- ‘सरकार हट्दैमा सहमतिको वातावरण बनिहाल्छ भन्ने त छैन तर माओवादीले आफूलाई पूरै निःशस्त्र बनाएर गम्भीरताका साथ आउँछ भने सरकारको विकल्पको विषयमा पनि छलफल गर्न सकिन्छ।’माओवादीका लडाकू र हतियार व्यवस्थापन शान्ति प्रक्रियाको मुख्य विषय भएकाले सरकारले त्यो विषयमा आफूलाई केन्द्रित गर्नुपर्ने सुझाव दिँदै उहाँले अझैसम्म पनि हतियार व्यवस्थापन र लडाकू समायोजन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

No comments: