News

Feb 17, 2010

नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ फेब्रुअरी,२०१०,राष्ट्रपति डा रामबरण यादवको चारतदिने औपचारिक राजकीय भ्रमण भ्रमणका क्रममा विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।आज भएको समझदारीमा नेपाल-भारतबीच मन्त्रीस्तरीय हवाई सेवा सम्झौता, नेपालको विभिन्न सीमासम्म भारतीय रेल पुर्‍याउने, हेटौंडामा पोलिटेक्निक इस्टिच्युट बनाउने तथा बीरगन्जमा नेपाल भारत मैत्री भवन बनाउने सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट पर्यटनमन्त्री शरतसिंह भण्डारी तथा भारतका तर्फबाट विदेशमन्त्री एसएम कृष्णाले हस्ताक्षर गरेका छन् । यसैबीच राष्ट्रपति भवनमा भएको औपचारिक स्वागत समारोहमा सहभागी भएर राष्ट्रपति यादव आजै सीधै गान्धी समाधीस्थल राजघाट पुगेका थिए । राष्ट्रपतिले भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गर्दै आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।आजै राष्ट्रपति यादवले भारतीय विदेशमन्त्री एसएम कृष्णासँग भेटवार्ता गर्नु भयो । राष्ट्रपति यादवलाई भेट्न विदेशमन्त्री कृष्णा यादव बसेकै होटलमा पुगेका थिए ।

No comments: