News

Feb 12, 2010

कवि टंक सम्वाहाम्फेलाई लगार्इएको झुटो मुद्दा हङकङ प्रहरीद्वारा फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ प्रहरीद्वारा गत वर्ष सन् २००९ डिसेम्वर २० तारीख आर्इतवारका दिन कविताकुसुम तथा लिम्वुवान ब्लगका लागि साहित्यिक भिडियो रेकर्ड कार्यक्रम सकेर घर फर्कने क्रममा विना कसुर शंकाको भरमा वलत्कारको झुटा अभियोग लगार्इ कवि टंक सम्वाहाम्फेलाई ज्यादातीपूर्णरुपले १० दिन सम्म कस्टडीमा राखिएको थियो । कवि सम्वाहाम्फेले नेपालीहरु माझ आफु हङकङ प्रहरीको अन्याय र ज्यादातीमा परेको कुरा पत्रकार सम्मेलन गरी सहयोगको आव्हान गर्नु भएको थियो । तर अन्तत हङकङ प्रहरीले कवि सम्वाहाम्फे निर्दोष भएको थाहा पाए पछि वहाँलाई लगार्इएको झुटो मुद्दा फिर्ता लिन वाध्य वन्यो । र उनलाई हङकङको सर्वोच्च अदालतबाट निर्दोष रहेको सावित गरी सन् २०१० फेव्रुवरी १२ तारीखका दिन सम्पूर्ण झुटो मुद्दालाई खारेज गरी सफाई दिएको छ । केहि दिन पछि हङकङ प्रहरी विरुद्ध पत्रकार सम्मेलन गरी मुद्दा दायर गर्ने भनि लिम्वुवान ब्लगसंगको भेटमा कवि सम्वाहाम्फेले वताउँनु भयो ।

No comments: