News

Feb 22, 2010

पेस्तोलको बिगबिगी देशभरि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ फागुन,खुल्ला सिमानाका कारण भारतबाट निष्पिक्री भित्रिने साना हतियार देशभरि छ्यापछ्याप्ती बन्दै गएका छन् । त्यसमा पनि अपराधीको प्रिय बन्दै गएको पेस्तोल प्रहरीका लागि टाउकोदुखाइ सावित भइरहेको छ । प्रहरीकै तथ्यांकअनुसार माघमा मात्रै पेस्तोलको प्रयोगबाट देशभरि ४० वटा आपराधिक घटना भएका छन् । राजधानीमा जमिम शाह हत्याकाण्डलगायतका चर्चित घटना पेस्तोलबाटै गराइएका हुन् । तर, अपराध रोक्न प्रहरी प्रधान कार्यालयसँग कुनै योजना छैन ।आर्थिक वर्ष ०६४/६५ मा ४३ वटा साना हतियार प्रहरीले बरामद गरेकोमा आर्थिक वर्ष ०६५/६६ मा यो संख्या ५९ पुग्यो । आर्थिक वर्ष ०६६/६७ को माघ महिनासम्म ४० वटा पेस्तोल प्रहरीले बरामद गरिसकेको छ । माघमा राजधानीमा अत्यधिक आपराधिक घटना भएका थिए, जसमध्ये अधिकांशमा पेस्तोल प्रयोग भएका छन् । ६ माघमा गोठाटारमा गोली चल्दा बालक सन्तोष कार्कीले अनाहकमा ज्यान गुमाए । ९ माघमा गैह्रीधाराका सम्यकरत्न शाक्यको घरमा पेस्तोल देखाएर बन्दी बनाई लुटेराले दुई करोड मागे । उनीहरूलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै लुटेराले पेस्तोल तेस्र्याए । १० माघमा विशालबजार सुपरमार्केटको पार्किङस्थलमा सुन व्यवसायी प्रकाश राजभण्डारीलाई टार्गेट गरी गोली प्रहार भयो, उनी बालबाल बचे । २४ माघमा लाजिम्पाटमा दिनदहाडै सञ्चार व्यवसायी जमिम शाहको हत्या भयो ।

No comments: