News

Feb 14, 2010

सिपाहीको मृत्यु छानबिन गर्न कोर्ट अफ इन्क्वायरी बोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २,धनकुटाको हिलेस्थित श्री नं. २ बाहिनीमा सञ्चालित तालिमको बाहिरी अभ्यासका क्रममा मृत्यु भएका रेशमबहादुर भण्डारीको घटना छानबिन गर्न नेपाली सेनाले कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको छ। प्रमुख सेनानीको अध्यक्षतामा गठित उक्त बोर्ड तीन सदस्यीय छ।तालिमकै क्रममा माघ २७ गते दैलेख, डाँडापराजुल-५ घर भएका कालीध्वज गणका सिपाही रेशमबहादुर भण्डारीको मृत्यु भएको थियो।उक्त तालिमको बाहिरी अभ्यासमा खटिएका एक अधिकृत, एक पदिक र ६ जना अन्य दर्जाका शिक्षकलाई हिरासतमा लिई सत्य तथ्य पत्ता लगाई राय पेश गर्न फागुन १ गते प्रमुख सेनानीको अध्यक्षतामा तीन सदस्यीय कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी कार्य प्रारम्भ गरिसकिएको सेनाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।उक्त घटनामा संलग्न रहेका व्यक्तिहरु दोषी ठहरिएमा सैनिक ऐन, २०६३ बमोजिम कडाभन्दा कडा कारबाही गरिने साथै सत्यतथ्य पत्ता लाग्नासाथ यथाशीघ्र सार्वजनिक गराइने व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ।सिपाहीको देहान्तको जानकारी प्राप्त भएपछि मृतकका आफन्त २९ गते राति धनकुटा आइपुगेका र धनकुटा जिल्ला अस्पतालमा डाक्टरको उपस्थिति नभएकोले लास फागुन १ गते धरानस्थित वि.पि.कोइराला अस्पतालमा लगी सोही दिन पोष्टमार्टम गरी मृतकका आफन्तलाई जिम्मा लगाइएको पनि विज्ञप्तिमा उल्लेख छ। उक्त लास फागुन २ गते नेपाली सेनाको हेलिकप्टरद्वारा धरानबाट दैलेख पुर्‍याइएको छ।

No comments: