News

Feb 15, 2010

चौविसे समाज हङकङको १३ औं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सन्२०१० फेव्रुवरी १४ तारीखका दिन चौविसे समाज हङकङको १३ औं वार्षिकोत्सव हङकङ स्थित मङकी हिलमा औपचारी बिबिक्यु कार्यक्रम सहित सम्पन्न भयो। नेपाली महासंघ हङकङ लगायतका पदाधिकारी सहित नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवमा सहभागी हुन आउँनु भएका बरिष्ठ समालोचक प्राज्ञ तथा प्रा.डा.गोविन्दराज भट्टरार्इको पनि उक्त समारोहमा अथितीको रुपमा सहभागी हुनुहुन्थ्यो । उक्त अवशरमा विदेशमा रहेर पनि वार्षिक रुपले भेटघाट भै आफ्नो दुखसुख साटासाट गर्नु ज्यादै राम्रो कुरा हो भनि प्राज्ञ तथा प्रा.डा.गोविन्दराज भट्टरार्इले भन्नु भयो। कार्क्रमको अन्त्यमा चौविसे समाज हङकङका अध्यक्ष चन्द्र प्रसाद लिम्वुले सम्पूर्ण अथितीहरुलाई स्वागत तथा धन्यवाद दिदै हरेक वर्ष यसरी नै भेटघाट कार्यक्रम निरन्तर गर्दै आएको कुरा जानकारी गराउँनु भयो। बिबिक्यू कार्यक्रम भने अबेर सम्म चलेको थियो ।

No comments: