News

Feb 15, 2010

इलाम बजारमा गएराति भएको भीषण आगलागी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ४,इलाम बजारमा गएराति भएको भीषण आगलागीबाट ११ घर जलेर नष्ट भएका छन्। विद्युत सट भएर सुरु भएको भनिएको आगलागी आज बिहान ४ बजे बल्ल नियन्त्रणमा लिन सकिएको थियो। नियन्त्रणका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए। थप क्षतिबाट बचाउन ५ घर भत्काइएका थिए। हाल त्यहाँ क्षतिको विवरण लिने कार्य भइरहेको छ। आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राससका अनुसार आगो बजारमा रहेको ईश्वर चिपालुको घरमा भएको बेकरी भट्टीबाट सुरु भएको थियो। आगलागीकाबाट ईश्वर चिपालु, धनमान बराईली, मोहनलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, अशोक खाकी, पप्पु खान, लक्ष्मी उदास, हीरालाल कर्माचार्य, विक्रम श्रेष्ठ, घनश्याम कान्दु र जयनारायण श्रेष्ठको घर जलेका छन्। नियन्त्रणका क्रममा पूर्णलाल श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, मुक्ति उप्रेती, शिव श्रेष्ठ र रत्न श्रेष्ठको घर भत्काइएको छ।राति ९ बजेर ५२ मिनेटबाट सुरु भएको आगो स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त प्रयासमा आज बिहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो।इलाम नगरपालिकामा भएको दमकल बिग्रिएका कारण बढी क्षति भएको थियो। आगो नियन्त्रणका लागि झापा, मेचीनगर नगरपालिका र इटहरीबाट मगाइएका दमकल बिहान चारबजे मात्र इलाम आइपुगेका थिए।आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ।आगलागी पीडितलाई तत्काल रु. २५ हजार राहत प्रदान गर्ने इलाम नगरपालिकाले जनाएको छ।

No comments: