News

Feb 28, 2010

प्रहरी चौकीमा माओवादी आक्रमण, सात प्रहरी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मार्च,२०१०,दैलेखको कुशापानीस्थित प्रहरी चौकीमा माओवादीका कार्यकर्ताहरुले आइतबार राती आक्रमण गरेका छन् । आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सईसहित सात प्रहरी घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले चौकीमा रहेका केही हतियार समेत लुटेको प्रहरीले जनाएको छ । प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार होली पर्वका अवसरमा एक युवतीलाई रङ लगाएको बिषयमा प्रहरीले आफ्ना सहकर्मीलाई पक्राउ गरेको भन्दै घरेलु हतियारसहित आएका करिब ६० जनाको समूहमा रहेका माओवादी कार्यकर्ताहरुले आइतबार राती ९:३० बजेतिर प्रहरी चौकीमा घेरा हालेर आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी चौकी क्षतिग्रस्त भएको छ । गम्भीर घाइते प्रहरी जवान वरण थापाको नेपालगञ्जमा उपचार भईरहेको छ । अहिले इलाका प्रहरी कार्यालय, दुल्लुबाट थप प्रहरी घटनास्थलबाट पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही गरिरहेको जनाएको छ । घटनास्थल दैलेखको सदरमुकामबाट पश्चिमतर्फ चार घण्टाको पैदल दूरीमा रहेको बताइएको छ ।

No comments: