News

Feb 28, 2010

धरानमा लिम्बुवानको विस्तारित बैठक हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डी बी आङबुङ
धरान, फागुन १६,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाझापा मोरङ् सुनसरी पान्थर इलाम ताप्लिजोङ् तेह्रथुम् धनकुटा र सङ्खुवासभालाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको छ। २०६६ फागुन १६ १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा मोरङ् सुनसरी धनकुटा र सङ्खुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशॆष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ । लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत प्रतिनिधित्व रहेको यस विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि माचका अध्यक्ष तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन 'मिराक' बाट गरिएको छ ।

No comments: