News

Feb 20, 2010

थारू संस्थाले संर्घषका कार्यक्रम सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठवटा थारू संस्थाले तराईलाई बहुप्रदेश बनाउनुपर्ने माग गर्दै संर्घषका कार्यक्रम सार्वजनिक गरेका छन्।थारू कल्याणकारी सभा, थरुहट संर्घष समिति, नेपाल लोकतान्त्रिक थारू संघ, नेपाल स्वशासित थारू संघ, राष्ट्रिय प्रजातान्त्रिक थारू संघ, थारू विद्यार्थी समाज, थारू युवासभा र थारू महिलासभाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी बहुप्रदेश गठन हुँदा तराई र त्यहाँका जनतालाई फाइदा पुग्ने उल्लेख गरेका छन्।विज्ञप्तिमा थरुहट तराईलाई एउटै प्रदेश बनाएर कथित मधेसवादी ठेकेदार नेताहरूले एकलौटी शासन चलाउने षड्यन्त्रका विरुद्ध सम्पूर्ण तराईवासीलाई संर्घषका निम्ति उठ्न आ≈वान गरिएको छ।‘थरुहट तराई भनेको प्रदेश होइन, भूमि हो’, विज्ञप्तिमा भनिएको छ- ‘जुनसुकै नामको प्रदेश बनाए पनि पहाड या हिमाल भन्ने नाम जीवित रहन्छ, त्यसै गरी जुनसुकै नामका धेरैवटा प्रदेश बनाए पनि थरुहट तराईको नाम जीवित रहन्छ।’ ती संगठनहरूले फागुन २० गते जिल्ला प्रशासन कार्यालयहरूमार्फ संविधानसभालाई खबरदारीपत्र बुझाउने, फागुन २१ गते काठमाडौंमा संविधानसभा घेराउ गरी धर्ना दिने, फागुन २५ गते सबै जिल्लामा ‘थोरै प्रदेश अभिशाप, बहुप्रदेश लाभ’ नाराका साथ संयुक्त सभा गर्ने, फागुन २९ गते देशव्यापी मसाल जुलुस निकाल्ने र चैत १ गते थरुहट तराई बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

No comments: