News

Feb 15, 2010

प्रधानमन्त्रीसँग पनि बयान लिने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ फेब्रुअरी,२०१०,संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारीहरु नियुक्तिमा भईरहेको ढिलाईबारे संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिने भएको छ । तर समितिले यस बिषयमा प्रधानमन्त्रीसँग स्पष्टीकरणका लागि समय भने तय गरिसकेको छैन । सोमबार बसेको समितिको बैठकमा सभासदहरुले संवैधानिक निकायका पदाधिकारीहरु नियुक्तिमा भईरहेको ढिलाईबारे प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाएर बयान लिनुपर्ने माग गरेपछि समितिका सभापति रामनाथ ढकालले प्रधानमन्त्रीलाई बैठकमा डाकेर प्रष्टीकरण लिने जानकारी दिएका थिए । राजनीतिक भागवण्डा नमिलेर लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त नहुन लाजमर्दो बिषय भएको बताएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक लगायत विभिन्न संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारीहरु रिक्त रहेका छन् ।

No comments: