News

Feb 14, 2010

दुर्घटनामा घाइते मध्ये एकको मृत्यु/चार सवारीमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २,चाबहिलको गोपीकृष्ण सिनेमा हल क्षेत्रमा स्वयम्भू यातायातको बसले आइतबार साँझ ठक्कर दिंदा पाँच जना मध्ये एकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरीकी ४५ वर्षिय डम्बरकुमारी नेपाली रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा राजधानीको ओम अस्पतालमा मृत्यु भएको हो ।स्वयम्भू यातायातको बा २ ख ५९३ नम्वरको बसले साँझ ठक्कर दिंदा खोटाङकी ३५ वर्षिय तारा तामाङ, सिन्धुलीकी ३० वर्षिय जानुका माझी, पाल्पाकी ३२ वर्षिय रिता बस्याल, र पाल्पाका ६२ वर्षिय मदन श्रेष्ठ घाइते भएका छन् । घाइते मध्ये पाल्पाकी रिता बस्यालको अवस्था पनि गम्भीर रहेको छ । उनको ओम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । बसले जानीजानी बटुवालाई ठक्कर दिएको भन्दै आक्रोसित स्थानीयले चाबहिल र भत्केको पुलमा गरी चार वटा बसमा आगो लगाएका छन् । बसमा जथाभावी आगजनी र तोड्फोड् गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ । चाबहिलको गोपीकृष्ण सिनेमा हल क्षेत्रमा २२ माघमा स्वयम्भू यातायातकै बसको ठक्करबाट स्कूले बालक आइरत तामाङको ज्यान गएको थियो । सो क्षेत्रमा पटक-पटक दुर्घटना हुँदै आएको छ ।

No comments: