News

Feb 12, 2010

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवको तयारी पुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवको सम्पूर्ण तयारी पुरा भएको कुरा प्रतिष्ठानका सदस्य देश सुब्बाले लिम्वुवान ब्लगसंगको कुराकानीमा वताउँनु भयो । उक्त दशौं वार्षिकोत्सवमा भाग लिन नेपालका वरिष्ठ समालोचक प्राज्ञ तथा प्रा.डा.गोविन्दराज भट्टरार्इ सन्२०१० फेव्रुवरी ११ तारीखका दिनै हङकङ आर्इ पुग्नु भएको छ । साथै धरानबाट आउँनु भएका भाषाविद डा.टंक प्रसाद न्यौपाने र साहित्यकार तथा पत्रकार प्रदीप सेमी मेन्याङवो पनि दशौं वार्षिकोत्सवमा भाग लिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा कविता गोष्ठि साथै स्रष्टा सम्मान गरीने अर्का सदस्य डि.वि.पालङवाले वताउँन भयो । र हङकङमा रहनु भएका सम्पूर्ण साहित्य प्रेमी तथा सर्जकहरुलाई आफ्नो कविता सुनाउँन र सुन्न उपस्थितीको लागि हार्दिक आमन्त्रणा नेपाली साहित्य प्रतिष्ठान हङकङले गरेको छ ।

No comments: