News

Feb 24, 2010

विनाटेन्डर भारतीय कम्पनीलाई पासपोर्ट छाप्न दिने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० फागुन,सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको ठेक्का भारतीय कम्पनीलाई दिने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले गत भदौमा सुरु गरेको टेन्डर पुसमा रद्द गराएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विनाटेन्डर भारतीय कम्पनीलाई ठेक्का दिन थालेकी हुन् । परराष्ट्र मन्त्रालयको तयारीअनुसार भारतको सरकारी कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छपाइको जिम्मा दिने तयारी भएको हो । परराष्ट्र स्रोतका अनुसार मन्त्री सुजाताले औपचारिक निर्णयका लागि केही दिनभित्र मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव लग्दै छिन् ।१० वर्षअघि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट निर्देशन पाए पनि करिब साढे नौ वर्ष मौनप्रायः बसेको सरकारले गत भदौदेखि मात्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको प्रक्रिया सुरु गरेको थियो । तर, 'प्रिक्वालिफाइड' भएका चार कम्पनीमध्ये एउटालाई छान्ने वेलामा परराष्ट्र मन्त्रालयले १ पुसमा अचानक ठेक्का-प्रक्रिया नै रद्द गरेको थियो । पुसमा ठेक्का-प्रक्रिया रद्द भएपछि अब अर्को प्रक्रिया सुरु गरेर नयाँ पासपोर्ट तयार गर्न कम्तीमा ६ महिना लाग्छ । तर, आइकाओले १० वर्षअघि नै दिएको निर्देशनअनुसार १० अपि्रल २०१० (आगामी २८) चैतउता अहिलेको जस्तै कागजी पासपोर्ट बनाउने नेपाली नागरिक विदेश उड्न नपाउने स्थिति छ । तर, कमिसनका लागि अन्तिम अवस्थामा परराष्ट्रमन्त्री सुजाताले ठेक्का-प्रक्रिया रद्द गरेको आरोप लागेको छ । अनियमितता भएको आशंकामा संसद्को सार्वजनिक लेखा समितिले मन्त्री सुजातासँग स्पष्टीकरण लिएको छ ।

No comments: