News

Feb 22, 2010

आर्थिक वृद्धि लक्ष्यभन्दा डेढ प्रतिशत कम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चालू आर्थिक वर्षा देशको आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र हुने भएको छ। चालू आवमा सरकारले बजेट प्रस्तुत गर्दा देशको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने प्रक्षेपण गरे पनि यो वर्षलक्ष्यभन्दा डेढ प्रतिशतले आर्थिक वृद्धि कम हुने भएको हो। मौसमी प्रतिकूलताले गर्दा कृषि-उत्पादनमा गिरावट आउनुका साथै बन्द, हडताल, मजदुर समस्या तथा लोडसेडिङले गर्दा औद्योगिक उत्पादन सन्तोषजनक नभएकाले सरकारको उक्त लक्ष्य पूरा नहुने भएको हो। सरकारले चालू आवको बजेटको मध्यावधि मूल्यांकन प्रतिवेदन आइतबार र्सार्वजनिक गर्दै सो जानकारी दिएको हो। चालू आवमा कृषि-उत्पादन ४ प्रतिशतको हाराहारीमा हुनुका साथै अन्य क्षेत्रको योगदान निरन्तर हुने अनुमान गरे पनि सो लक्ष्य पूरा नहुने भएकाले समग्र आर्थिक वृद्धिमा असर पारेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले जानकारी दिनुभयो। उहाँले यो वर्षसमग्र कृषिक्षेत्रको वृद्धिदर १ प्रतिशत मात्र हुने बताउनुभयो। यो वर्षप्रमुख बाली धानको उत्पादन ११ प्रतिशत तथा मकैको करिब ४ प्रतिशतले घट्ने डा. खतिवडाले जानकारी दिनुभयो। कृषि तथा उत्पादनमूलक क्षेत्रको न्यून वृद्धि भएकाले कुल गार्हस्थ उत्पादनको समग्र वृद्धिदरमा असर पारेको हो।

No comments: