News

Mar 6, 2011

संविधानसभाको म्याद पटकपटक थप गर्दै जानु दुर्भाग्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठले संविधानसभाको म्याद पटकपटक थप गर्दै जानु देशका लागि दुर्भाग्य हुने बताउनुभएको छ। प्रधान न्यायाधीश श्रेष्ठले नेपाल समाचारपत्रसँग कुरा गर्दै संविधान संशोधन गरी संविधानसभाको म्याद थप गर्दै जाने हो भने राजनीतिक पार्टीप्रति जनताको वितृष्णा पैदा हुने उल्लेख गर्नुभयो।संविधानसभाको म्याद थप गर्ने विषयमा सर्वोच्च अदालतबाट हालै आएको आदेशका बारेमा गलत व्याख्या भएको उहाँले बताउनुभयो। उहाँले सर्वोच्च अदालतको आदेशलाई आफ्नो तबरबाट व्याख्या गरी संविधानसभाको म्याद अनन्त कालसम्म थप गर्न मिल्छ भनी चलेको चर्चा गलत भएको स्पष्ट पार्नुभयो।संविधानसभाको एक वर्ष थपिएको अवधि सकिन ३ महिनाभन्दा कम समय बाँकी भएका बेला प्रधान न्यायाधीशको यस्तो अभिव्यक्ति आएको छ। उहाँले भन्नुभयो- संविधानसभाको अवधि पटकपटक थपिनु हुँदैन।प्रधान न्यायाधीश श्रेष्ठले संविधानसभाको म्याद अनन्त कालसम्म थपियोस् भन्ने सर्वोच्च अदालत चाहँदैन भन्दै यस्तो कुरा जनतालाई पाच्य नहुने जनाउनुभयो। थपिएको अवधिभित्र पनि संविधान बनेन भने ६ सय १ जना सभासद् नै दोषी हुने बताउँदै उहाँले यस्तो अवस्थामा संविधानसभा नै जिम्मेवार रहने उल्लेख गर्नुभयो।

No comments: