लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियामा अलपत्र परेका ७४ जना नेपाली ट्युनिसियातर्फ लागेका छन् । लिबियाको राजधानी त्रिपोलीका विभिन्न चारस्थानबाट उनीहरू ट्युनिसियातर्फ लागेका हुन् । कायरोस्थित नेपाली राजदूतावासका प्रथम सचिव र नेपालका दुईजना वैदेशिक रोजगार व्यवसायी उनीहरूको उद्धार तथा सहयोगका लागि ट्युनिसियातिर लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार लिबियाको मिसराबाट अन्य ४१ जना नेपाली ट्युनिसियातिर र १० जना इजिप्टको सलोमतर्फ जानेक्रममा रहेका छन् ।
No comments:
Post a Comment