News

Mar 9, 2011

राज्य पुर्नसंरचना आयोग तत्काल गठन गर्न काँग्रेसको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काँग्रेसले राज्य पुर्नसंरचना ब्यवस्थित नभए संघियता कमजोर हुने भन्दै राज्य पुर्नसंरचना आयोग तत्काल गठन गर्न माग गरको छ। ब्यवस्थापीका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुर्नसंरचना आयोग गठनको माग गर्नुभएको हो। अन्तरिम संविधानमै राज्य पुर्नसंरचना आयोगको ब्यवस्था भएको भन्दै उहाँले आयोग बाहिरबाट संघियातामा गए समस्या उत्पन्न हुनसक्ने चेतावनी दिनुभयो। शान्ति प्रक्रियाले पूर्णता नपाइ संविधान बन्न नसक्ने भन्दै पौडेलले संविधान जारी गर्नु अगावै शान्ति प्रक्रिर्यालाइ पूर्णता दिनुपर्ने बताउनुभयो। उहाँले स्थापित मापदण्ड बाहिरबाट लडाकु समायोजनको प्रकृया खोजिए सम्स्या आउनसक्ने भन्दै माओवादी लडाकूको छुट्टै फोर्स बनाउने प्रस्ताव कुनैपनि हालतमा स्वीकार्य नहुने पनि वताउनुभयो।
नेकपा एमालेका रवीन्द्र अधिकारीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमति अन्तरिम संविधानको भावना अनुरुप नै भएको दावी गर्नुभयो। अधिकारीले सातबुँदे सहमतिमा चित्त नबुने परिमार्जन गरेर दश बुदे बनाउन सकिने पनि वताउनुभयो। उहाँले संविधानसभाको समितिले प्रतिवेदन तयार गरिसकेको अबस्थाम राज्य पुर्नसंरचना आयोग गठन गर्नेकुरा संभव नहुने बताउनुभयो। त्यसअघि शुन्य समयमा बोल्ने सभासद्हरुले शान्ति र संविधान लेखन प्रकृया तथा मुलुकका समसामयीक समस्या समाधानका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए।

No comments: