लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकम र कतार टेलिकमबीच अन्तर आबद्धता कायम गरी सहुलियत दरमा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता भएको छ । यी दुई कम्पनीबीच गत मङ्सिरदेखि नै प्राविधिकरूपले अन्तर आबद्धता कायम भई टेलिफोन सेवा सञ्चालन गरिएको भए पनि औपचारिक सम्झौता सम्पन्न भएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र कतार टेलिकमका प्रमुख कार्यकारी अधिकृत डा.नासेर मारफिहले आज दोहामा एक कार्यक्रमबीच अन्तर आबद्धतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । दुई कम्पनीबीच सिधा अन्तरआबद्धता स्थापित भएपछि नेपाल टेलिकमको नेटवर्कबाट कतारमा फोन गर्दा लाग्ने महसुल दर यही फागुन १ गतेदेखि परिमार्जन गरी प्रतिमिनेट रु.१२ कायम गरिएको थियो । यसअघि नेपालबाट कतारमा कुरा गर्दा महसुल दर प्रतिमिनेट रु.२० रहेको थियो । यो नयाँ व्यवस्थाबाट हाल कतारमा रहेका करिब चार लाख ६५ हजार नेपाली तथा उनीहरूका परिवार लाभान्वित भएका छन् ।
No comments:
Post a Comment