लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २६ - तलव बृद्धिको माग गर्दै मजदुर संगठनहरुले उद्योगमा सुरु गरेको आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य महासंघ र आन्दोलनरत ट्रेड युनियन संगठनबीच जारी आन्दोलन फागुन मसान्तसम्म फिर्ता लिने सहमति भएको छ । बुधबार उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले हेटौंडामा जारी औद्योगिक हड्ताल फिर्ता नलिएसम्म विषय प्रवेश नगर्ने अडान राखेपछि पारिश्रमिक निर्धारणसम्बन्धी वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । तीनै ट्रेड युनियनसँग बिहीबार भएको वार्तामा भने महासंघले आन्दोलनलाई सकारात्मकरुपमा लिएको जनाएको छ ।
'वार्तामा उठेका विषय तथा दुवै पक्ष वार्ताका माध्यमबाट समस्या समाधान गर्न बढी जिम्मेवारी पूर्वक लागिपरेको अवस्था समेतलाई मध्यनजर गरि ट्रेड युनियनका मागलाई नेउवा महासंघले सकारात्मक रुपमा लिई वार्ताकै माध्यमबाट निर्णयमा पुगी व्यवहारिक रुपमा लागू गर्न पहल गरिरहेको छ,' संयुक्त विज्ञप्तीमा भनिएको छ, 'यसर्थ ट्रेड युनियन महासंघहरुबाट आव्हान गरिएका सबै प्रकारका संघर्षका कार्यक्रमहरु आजैबाट फागुन मसान्तसम्मका लागि स्थगित गरिएको छ ।'

No comments:
Post a Comment