लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, फाल्गुन २६ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश (सँगैको तस्बिरमा बायाँबाट तेस्रो) बुधबार पोखराको फूलबारी रिसोर्ट परिसरमा चलचित्रकर्मीमाझ भेटिए । संगीतकार चेतन सापकोटाले उनलाई 'कमरेड' सम्बोधन गर्दै क्यामेरा पुज्न लगाए । माओवादी समर्थित सिनेकर्मीहरूले निर्माण गर्न लागेको फिल्म 'बोस' को शुममुहूर्तका लागि पोखरा आएका प्रकाश दाहाल निकै उत्साही देखिन्थे । पार्टीको कुनै विशिष्ट पदमा नरहे पनि चलचित्र युनिटले उनलाई प्रमुख अतिथिको रूपमा डाकेका हुन् । पूजापाठमा विश्वास नगर्ने माक्र्सवादी दर्शनका पक्षपाती उनले शुममुहूर्तका क्रममा नरिवलसमेत फोरे । शुभारम्भका क्रममा नायिकाले दिएको नृत्य पोज उनले निकै गहिरिएर हेरे । त्यहीबीचमा फिल्मका मुख्य अभिनेता आयुष रिजाल पनि दाहालपुत्र प्रकाशलाई देखेपछि दंग परे । उनले सोधे, 'पहिलोपटक आउनुभएको हो सुटिङमा ?' दाहालले जवाफ फर्काए, 'अहिलेसम्म सुटिङ हेरेको थिइनँ, पहिलोपटक नै हो ।' त्यही भएर होला उनी सुटिङका दृश्यहरू निकै कौतुहलतापूर्वक नियाल्न मग्न देखिन्थे ।
No comments:
Post a Comment