News

Mar 8, 2011

नेपाली कामदारमध्ये १२ सय ७७ लाई उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले सोमबारसम्म लिबियामा कार्यरत राजनीतिपीडित नेपाली कामदारमध्ये १२ सय ७७ लाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ। सरकारले तीनपटकसम्म विमान चार्टर गरी लिबियामा कार्यरत सिनो हाइड्रो कम्पनीमा काम गरिरहेका ७ सय २२ मध्ये पहिलोमा २ सय ६५ जना दोस्रोमा २ सय २७ जना र तेस्रोमा २ सय ३० जनालाई काठमाडौं भित्र्याएको हो। तेस्रो चार्टर सोमबार आइपुगेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।विज्ञप्तिमा हाल लिबियाको राजधानी त्रिपोलीमा थप १ सय १५ जना र अर्को शहर बेंगाजीमा १२ जना नेपाली कामदार रहेको जनाइएको छ। ती कामदारलाई कायरोस्थित नेपाली राजदूतावासले अवस्था हेरी सुरक्षित स्थानमा लैजाने प्रयासमा लागेको जनाइएको छ।लिबियामा केही समयदेखि चलिरहेको आन्दोलनका कारण त्यहाँ कार्यरत विदेशीहरुलाई आ-आफ्नो देश फर्काउने अभियान चलाइएको छ। त्यसै क्रममा नेपाल सरकारले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई उच्च प्राथमिकता दिएको छ।

No comments: