News

Mar 8, 2011

गोरखाको दुर्गमका विद्यार्थीलाई निःशुल्क खानापान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिर्दिबास (गोरखा), फाल्गुन २४ - शिक्षा मन्त्रालयले गोरखा जिल्ला उत्तर हिमाली गाउँ सिर्दिबास–८ स्थित बुद्ध माविमा अध्ययनरत एक सय छात्रछात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । मन्त्रालयका सचिव शंकर पाण्डेले मंगलबार आयोजित एक समारोहमा प्रति विद्यार्थी मासिक १८ सय रुपैयाँका दरले दसमहिनाको एकमुष्ट एकलाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङलाई प्रदान गरेका छन् । मन्त्रालयले पहिलो पटक दुर्गम हिमाली भेगका ४ सय ३७ विद्यार्थीलाई यो व्यवस्था गरेको हो । जसमा गोरखाका एकसयजनालाई यो सुविधा प्रदान गरिएको जनाइएको छ । २०३३ सालमा स्थापित उक्त विद्यालयमा अहिले १० कक्षासम्ममा ३ सय ३७ विद्यार्थी अध्ययनरत रहेको शिक्षक राजन सापकोटोले जनाए । यो चीनको सीमानासित जोडिएका विकट ९ गाविसकै एक्लो माध्यमिक विद्यालय हो । अध्यापनका निम्ति १६ जना शिक्षक–शिक्षिका खटिएका छन् ।

No comments: