लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज विश्वभरि एक सय एक औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा पनि विविध कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा नेपालले भने 'शिक्षा तालिम र विज्ञान प्रविधिमा समान पहुँच महिलाका लागि सम्मानजनक कार्यको माग' भन्ने नारा अघि सारेको छ। नेपालको विद्यमान राजनीतिक परिस्थिति र सामाजिक संरचना अनुसार आफ्नै खालको नारा तय गरेको हो।
अन्तर्राष्ट्रिय नारी दिवसको मुल नारा भने 'लैङ्गिक विभेदका अन्त्य समान सहभागीताको सुनिश्चितता' भन्ने रहेको छ। अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा शान्ति शक्ति लोकतन्त्र र संविधानसभाका लागि महिला संजालले मुलुकका विभिन्न ३७ जिल्लामा एक साथ महिला संचेतना सम्वन्धि विविध कार्यक्रमको आयोजना गरेको छ। स्थानीय महिलाको सहभागितामा आयोजित कार्यक्रममा महिला सशक्तिकरणका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिने शान्ति शक्ति लोकतन्त्र र संविधानसभाका लागि महिला संजालले जनाएको छ ।

No comments:
Post a Comment