लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहलाई वाइसिएल कार्यकर्ताले कुटपिट गरेका छन् अस्पताल बोर्डले भक्तमानको ठाउँमा सिंहलाई नियुक्त गरे पनि उनलाई अस्पताल भित्रकै केहि कर्मचारीले काम गर्न दिएका छैनन् । कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाइएको छ। आज सिंह निकट व्यक्तिहरुले उनलाई कार्यकक्ष प्रवेश गराउन खोज्दा सिंहमाथि हातपात भएको हो। त्यस क्रममा एक जना घाइते भएका छन्। घाइते हुने वाइसिएल कार्यकर्ता रहेका थाहा भएको छ। यस क्रममा सिंहलाई बचाउन खोज्दा प्रहरीले लाठिचार्ज पनि गरेको थियो।यो अस्पतालमा यही तनावका कारण केही दिनदेखि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी रहँदै आएका थिए। तर आज यही क्षेत्रमा राष्ट्रपतिको भ्रमण रहेकाले सुरक्षाकर्मी अस्पतालमा केही कम भएकाले झडप भएको हो।आजै प्रमुख जिल्ला अधिकारीको रोहबरमा सिंहको कार्यकक्षको ताला खोलेर उनलाई त्यहाँ प्रवेश गराउने कार्यक्रम पनि छ।भक्तमान यसअघि अपहरणमा परेर चर्चामा आएका डाक्टर हुन।
No comments:
Post a Comment