News

Mar 7, 2011

पौडेललाई रक्षा, तुलाधारलाई शिक्षा जिम्मेवारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २३ - एमालेले बिना विभागीय मन्त्रीद्वय विष्णु पौडेल र गंगालाल तुलाधारलाई सोमबार जिम्मेवारी तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पौडेललाई रक्षा र तुलाधारलाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकेको हो । पहिलो चरणमा मन्त्री नियुक्त एमाले नेताहरु भरतमोहन अधिकारी, पौडेल र तुलाधार मध्ये अधिकारीबाहेकले जिम्मेवारी पाएका थिएनन् । अधिकारीलाई भने यसअघि नै उपप्रधानमन्त्री एवं अर्थमन्त्रालयको जिम्मेवारी तोकिएको थियो । यसअघि स्थायी कमिटी बैठकले पौडेललाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर माओवादीले गृह मन्त्रालयको अडान नछाडेपछि तत्काललाई उक्त मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र पछि माओवादीलाई दिने सहमति भएको थियो । बैठकमा स्थायी कमिटी सदस्यद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली भने उपस्थित भएनन् । नेपाल जापानमा छन् भने ओली राजधानी बाहिर छन् ।

No comments: