लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छुट्टा छुट्टै दलहरुले आ-आफ्ना सुरक्षा दस्ता सार्वजानिक गर्ने क्रमलाइ निरन्तरता आज फेरि नयाँ सुरक्षा दस्ता सार्वजानिक गरिएको छ। राजधानीमा आज एक पत्रकार सम्मेलन गरी नेपाल कम्यूनिष्ट पार्टी एकीकृतले केशर बहादुर गूरुङको संयोजकत्वमा जनसुरक्षा दस्ता सार्वजनिक गरियो। नेपाल कम्यूनिष्ट पार्टी एकीकृतले शोषित पीडित वर्ग जाति क्षेत्र र लिङ्गमाथि गरिएको भेद्भाव र दमनलाई परास्त गर्न नयाँ जनवादी क्रान्तिको पक्षमा जन शक्तिलाई सशक्त रुपमा संगठित गर्न जनसुरक्षा दस्ता गठन गरिएको दावी गरेको छ । उसले त्यो नै दस्ताको पहिलो कार्यभार रहेको जनाएको छ । पार्टीको सातौं महाधिवेशनबाट पार्टीको सुरक्षा दस्ता निर्माण गर्ने निर्णयअनुसार पार्टीका पोलिटव्यूरो सदस्य केशरवहादुर गुरुङ प्रमुख र केन्द्रीय सदस्य चिरन पुन उपप्रमुख रहेको दस्ता परिचालन टिम सहित गठन गरिएको पार्टी अध्यक्ष ऋषिराम शर्मा कट्टेलले जानकारी गराएका थिए । नयाँ जनवादी क्रान्ति बिना मुलुकमा विद्यमान अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाको अन्त्य सम्भव नहुने भन्दै वर्तमान राज्य सत्ता जनसुरक्षा दस्ताद्वारा बलपूर्वक अपदस्त गरेर मात्रै आमुल परिवर्तन गर्न सकिने अध्यक्ष कट्ट्लले बताए ।
No comments:
Post a Comment