लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
होली पर्व नजिकिँदै गर्दा काभ्रेका विभिन्न बजारहरुमा जवर्जस्ती लोला हान्न थालेपछि आजबाट चैत ७ गतेसम्म प्रहरीले थप गस्ती गर्ने भएको छ। जिल्लाको सदरमुकाम धुलिखेल, बनेपा, पनौती, साँगा, पाँचखाल, दोलालघाट लगायतका मुख्य-मुख्य बजारहरुमा जबर्जस्ती लोला हान्ने प्रवृत्ति रोक्न प्रहरी गस्ती बढाउन लागेको काभ्रेका प्रहरी निरीक्षक अरुण सिंहले जानकारी दिनुभयो । गस्तीका क्रममा इच्छा विपरीत लोला हान्ने र रङ्ग लगाउने गरेको पाइएमा घटनाको प्रकृति हेरेर सार्वजनिक मुद्दा लगाउन सक्ने भएकाले मातहतका सम्पूर्ण इलाका प्रहरी कार्यालयहरुलाई समेत निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
No comments:
Post a Comment