News

Mar 7, 2011

मनोक्रान्तिबाट समाज परिवर्तन गर्ने नीति सहित नयाँ पार्टीको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न ब्यक्तिले सृजना गरेका दर्शनहरुबाट राजनीतिक दलहरु सन्चालित रहेको अवस्थामा मनोक्रान्तिका माध्यमबाट ब्यक्ति ब्यक्तिलाई उत्प्रेरित गरेर समाज परिवर्तन गर्ने नीति सहित नयाँ पार्टीको जन्म भएको छ । मन बाट ब्यक्ति र ब्यक्तिबाट पार्टी परिचालित हुने भएकोले पहिला ब्यक्तिको मननै परिवर्तन गर्नु पर्छ भन्ने दर्शन सहित नेपाल मनोक्रान्ति नामको पार्टीको गठन गरिएको आज रिपोर्टर्स क्लबमा आयोजित पार्टीको अवधारणापत्र सार्वजनिक कार्यक्रममा जानकारी दिईयो । सो पार्टीले आफ्नो अवधारणापत्रमा मानिसकै कारण संसारमा समस्या भयावहता अभाव विध्वंश आएको दावी गर्दै प्रत्येक मानिसको मनमा रहेको त्यस्तो प्रबृत्तिलाई रुपान्तरण गर्दै समाज परिवर्तन गर्न सके त्यो स्थायी प्रकृतिको हुने विश्वास ब्यक्त गरिएको छ ।
सो पार्टीले संसार बदल्नु छ भने पहिला आफैलाई बदलावको सुरुवात गरौ भन्ने नारालाई पार्टीको मुलदर्शनको रुपमा अगाडि बढाएको छ । उसले सदुपयोगिताबाद प्राकृतिक जीवनकला भौतिकता र आध्यात्मिकतावीको सन्तुलन मानवताबाद सह अस्तित्व परिणामबाद मात्रात्मकवाद ज्ञान र ब्यवहारलाई आफ्नो मुल सिद्धान्तको रुपमा लिएको छ । अवधारणापत्र सार्वजनिक गर्दै सो पार्टीका संयोजक गोविन्द बोहरा ब्रम्हाण्डले बर्गिय उत्थान भन्दा पनि बर्गिय सोचको परिवर्तन हुन सके मुलुकमा आमुल रुपान्तरण हुने भन्दै केवल सर्वहारा बर्गमात्रै भन्दा पनि सबै बर्गको उत्थान र सोचमा परिवर्तन आवश्यक रहेकोले नयाँ पार्टी खोल्नु परेको स्पष्ट पार्नुभयो ।

No comments: