News

Mar 11, 2011

रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद्लाई कारबाहीबाट जोगाउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद्द्वय गायत्री साह र बीपी यादवलाई जोगाउन सरकार सक्रिय भएको छ । वर्तमान सरकार गठनमा गायत्री साहको पार्टी जनता दलले सहयोग गरेको र बीपी यादवको पार्टी मधेसी जनअधिकार फोरम सरकारमा आउन लागेको अवस्थामा राजनीतिक समीकरणलाई ध्यानमा राखेर सरकारले ती दुई सभासद्लाई कारबाहीबाट जोगाउन थालेको हो । रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद्लाई पक्राउ गरी कारबाही गर्न सक्ने र त्यसलाई महान्यायाधिवक्ताले अगाडि बढाउनुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले प्रक्रियालाई अवरुद्ध पारिदिएको छ । सभामुख सुवास नेम्वाङले महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई रातो पासपोर्ट दुरुपयोग गर्नेलाई कारबाही अगाडि बढाउन अनुरोध गरिसक्नुभएको भए पनि सरकारले यो प्रक्रियालाई रोकिदिएको संसद्स्रोतले जानकारी दिएको छ । रातो पासपोर्ट दुरुपयोग गर्ने गायत्री साहले बुधबार मात्रै पनि माओवादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटी र शान्तिमन्त्री वर्षमान पुनलाई भेटेर कारबाहीको प्रक्रिया रोकिदिन अनुरोध गर्नुभएको र उहाँहरुले कारबाही अगाडि नबढ्ने विश्वास दिलाउनुभएको स्रोतले जानकारी दिएको छ ।

No comments: