News

Mar 11, 2011

धनकुटालाई बारुदी सुरुङ मुक्त जिल्ला घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्र संघले धनकुटालाई बारुदी सुरुङ मुक्त जिल्ला घोषणा गरेको छ । बिहीबार विशेष कार्यक्रमका बीच जिल्लामा सबै प्रकारका बारुदी सुरुङ मुक्त गरिएको औपचारिक घोषणा गरिएको हो । द्वन्द्वकालिन समयमा सैनिक इलाकामा जमीन मुनि गाडिएका विष्फोटक पदार्थ डीमाइनर टोलीले निस्कृय पारेपछि अन्तिम निरीक्षण गरी अब कुनै प्रकारका बारुदी सुरुङ नभएको प्रमाणित गरिएको राष्ट्र संघका प्रतिनिधिले जानकारी दिएका छन् । धनकुटा र तेह्रथुम जिल्लाको सिमावर्ती गणेशटारमा आयोजित कार्यक्रममा अधिकारीले नेपाली सेनाको श्रीमेहर गणका गणपति पुरुषोत्तम विक्रम केसीलाई बारुदी सुरुङ मुक्त जिल्लाको प्रमाणपत्र प्रदान गरे । यसैगरी नेपाली सेनाले जिल्लामा राखिएका सबै बिस्फोटक पदार्थ निस्कृय पारेको जानकारीयुक्त पत्र निमिक्त प्रमुख जिल्ला अधिकारी ओमकार न्यौपानेलाई हस्तान्तरण गरेको छ ।

No comments: