News

Mar 6, 2011

नेपालमा ७५ करोडको इ–लाइब्रेरी खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी, अष्ट्रेलिया, फाल्गुन २१ - नेपाल सरकार, गैर आवासीय नेपाली महासंघ र बिभिन्न दातृ निकायहरुको पहलमा नेपालका सम्पूर्ण जिल्लामा बिद्युतीय पुस्तकालय(इ लाईबे्ररी) खोलिने भएको छ । जसको पहिलो चरणको अनुमानित लागत १० मिलियन डलर अर्थात करिब ७५ करोड रुपैयाँ रहेको छ ।
सरकाको राष्ट्रिय योजना आयोगको आईसिटी फर एजुकेशन कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको यो कार्यक्रम सुरु गर्ने बारेमा योजना आयोग, एनआरएन र बिभिन्न दातृ निकायहरुबीच सहमति भइसकेको छ । नेपालका सबै जिल्लाहरुमा बिद्युतीय लाइब्रेरी स्थापना गर्नका लागि विश्वभरी यसै क्षेत्रमा काम गरिरहेका दातृ निकायहरुलाई अनुरोध गरिनेछ । जसमा अमेरिकाको गेट फाउण्डेसन, संयुक्त राष्ट्र संघ लगायतका छन् । त्यसैगरि नेपालमा रहेका काठमाडौं त्रिभुवन र हालै योजना बन्दै गरेको खुल्ला विश्वबिद्यालय लगायतका विश्वविद्यालयहरु समेत यसमा सहयोगी बन्नेछन् । यही १५ फागुनमा भएको सहमति अनुरुप यस कामलाई तदारुकतासाथ अघि बढाउन योजना र प्राविधिक गरी दुईवटा कार्यकारी समिति समेत गठन गरिएको छ । जसमा योजना तहको कार्य अघि बढाउन अष्ट्रेलियामा कार्यरत वैज्ञानिक डा. राजु अधिकारी र प्राविधिक तहको कार्य अघि बढाउन विश्वका अधिकांश क्षेत्रमा कार्यरत हेल्प नेपाललाई सयोजन गर्ने जिम्मेवारी दिइएको छ । जस अनुसार वैशाख भित्रमा सबै कार्य सम्पन्न गरेर कार्य अघि बढाइनेछ । बिशेष गरेर एनआरएनको पहलमा सुरु गरिएको यो कार्यक्रम पहिलो चरणमा १५ जिल्लामा लागू गरिनेछ । कार्यक्रम सुरु गर्नका लागि पहिलो चरणमा सरकारले नै रकम विनियोजन गरेर खर्च गर्नुपर्ने र त्यसपछि अन्य दातृ निकायहरुसँग सहयोगका लागि आग्रह गरिनेछ ।

No comments: