News

Mar 11, 2011

केन्द्रीय कारागारमा भारतीय अपराधीद्वारा गोली प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केन्द्रीय कारागार सुरक्षाको धज्जी उडाउँदै एक भारतीय हतियारधारीले नक्कली भारतीय नोट र अवैध लागूऔषधको कारोबारको अभियोगमा कैद जीवन बिताउँदै आएका संचारउद्यमी युनुस अन्सारीमाथि गोली प्रहार गरेका छन्। भारतीय कुख्यात अपराधी बब्लु श्रीवास्तवको समूहले अन्सारीमाथि जेलभित्रै पसेर गोली प्रहार गरेको प्रहरीको उच्च स्रोतले जानकारी दियो। नेसनल टेलिभिजनका अध्यक्ष अन्सारीमाथि जेलभित्र पसेर भारतीय खुंखार अपराधी जगजित सिंहले बिहीबार बिहान ११-३० बजे गोली प्रहार गरेका थिए। गोप्य अंगमा स्वचालित हतियार रिभल्वर लुकाएर गई गोली प्रहार गरेको महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अर्जुनजंग शाहीले जानकारी दिनुभयो।

No comments: