News

Mar 12, 2011

पार्टी अध्यक्ष नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा मालेबाट फुटेर बनेको नेकपा माले समाजवादीले पार्टी अध्यक्ष जगतबहादुर बोगटिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ । पार्टीको हालै बसेको केन्द्रीय कमिटिको बैठकले आर्थिक हिनामिना र अनियमितता गरेको अभियोगमा पार्टी अध्यक्ष जगतबहादुर बोगटिलाई पार्टीको साधारण सदस्यसमेत नरही निस्कासन गरेको आज एक पत्रकार सम्मेलन गरी जानकरी दिईयो। गत फागुण २४ गते बसेको पार्टीको बहुमत केन्द्रीय सदस्यहरु उपस्थित बैठकले अध्यक्ष बोगटिले पार्टीलाई सहयोगको रुपमा एक हाउजीङ्ग कम्पनीबाट आएको एक करोड रुपैयासहित पार्टीका सबै आर्थिक स्रोतहरुको दुरुपयोग गरि पार्टीलाई कमजोर बनाएको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।बैठकले बोगटि पक्षधर एघार केन्द्रीय सदस्यहरु विष्णुप्रसाद चौधरी, किसोरकुमार राम, धनकुमारी मगर, रोसन राना, देबेन्द्रबहादुर कुँवर, देबेन्द्र घतानी, मानबहादुर बोगटि, जयसिह महरा, तारबहादुर रुचाल र गोपाल देबकोटालाई एक वर्षसम्मकोलागी निलम्बन गरिएको छ । त्यसैगरी पार्टीको सचिव आर्थिक विभाग प्रमुख जनसंगठन प्रमुख र पूर्वान्चल ईन्चार्जको रुपमा काम गर्दै आउनु भएका तिलकबहादुर थापा मगरलाई पनि छ महिनाकोलागी जिम्मेवारीबाट मुक्त गरिएको छ ।
१५ जनको संख्यामा रहेका बहुमत केन्द्रीय सदस्यको बैठकले त्यस्तो कारवाहीको निर्णय गरेको शनिवार रिपोर्टस्र क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । बैठकले पार्टीको नयाँ अध्यक्षमा महासचिव विष्णुराज अर्याललाई अध्यक्षमा चयन गरेको छ भने यदुबंश झा र मंगलप्रसाद चौधरीलाई उपाध्यक्षमा सोमबहादुर तामाङ्ग र विद्युत बज्राचार्यलाई सचिवमा मनोनयन गरेको छ । त्यसैगरी केदारप्रसाद देव गोविन्दराज पौडेल पासाङ्ग तामाङ्ग सरोज कार्की र वीएस थापालाई पोलिटब्यूरोमा चयन गरेको छ । त्यसैगरी मिनबहादर विक वीएस थाप र लिला विकलाई केन्द्रीय कमिटिमा चयन गरेको छ । त्यसैगरी बैठकले पार्टी झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै उपाध्यक्ष यदुवंश झा र सारदा नेपालीलाई सरकारमा पठाउने निर्णय पनि गरेको छ ।

No comments: